Sagun Khabar
नेकपा एस बैतडीको बैठक सम्पन्न, के –के भए निर्णय ? 

बैतडी –एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गर्दै नेकपा एकीकृत समाजवादी जिल्ला कमिटि बैतडीको बैठक सम्पन्न भएको छ । नेकपा एस बैतडीका अध्यक्ष महादेव भट्टको अध्यक्षतामा सम्पन्न भएको बैठकले जिल्लाका १० ओटै पालिकामा संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको नेकपा एसका केन्द्रीय सदस्य नरेन्द्र बिष्टले बताए । 

बैठकले अभियान सञ्चालनका लागि नेताहरुको जिम्मेवारी समेत तोकेको उनले बताए । दशरथचन्द नगरपालिकामा अभियानका लागि पोलिट्ब्युरो सदस्य परमानन्द भट्ट खटिने छन् भने मेलौली नगरपालिकामा केन्द्रीय सदस्य माया भट्टलाई खटाउने निर्णय भएको छ । यस्तै पाटन नगरपालिकामा चमनकुमार भण्डारी, भृकुटीदेवी चन्द र राजबहादुर भण्डारीलाई अभियानका लागि खटाउने निर्णय भएको छ । 

यस्तै सिगास गाउँपालिकामा केन्द्रीय सदस्य नरेन्द्र बिष्ट, दोगडाकेदार गाउँपालिकामा जिल्ला अध्यक्ष महादेव भट्ट, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा स्थायी कमिटि सदस्य देवेन्द्र महता,सुर्नया गाउँपालिकामा पोलिट्ब्युरो सदस्य रामकुमार ज्ञवालीलाई खटाउने निर्णय भएको छ । 

यस्तै पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा स्थायी कमिटि सदस्य उर्वादत्त पन्तलाई खटाउने निर्णय भएको केन्द्रीय सदस्य बिष्टले बताए । 

अभियानका दौरानमा संगठन सुदृढीकरण, सदस्यता नवीकरण, नयाँ सदस्य प्रदान गर्ने लगायतका कामहरु गरिने केन्द्रीय सदस्य बिष्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update