Sagun Khabar
बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुने 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । क्याम्पस सञ्चालक समितिको आज बसेको बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनिलकुमार बिष्टले जानकारी दिए । 

सेटीगाउँ बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस भएकाले त्रिविले तोकेकै मिति चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय भएको अध्यक्ष बिष्टले बताए । 

स्ववियु निर्वाचन सम्पन्न गर्नका लागि क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचनमण्डल समेत गठन गरेको छ । निर्वाचन मण्डलको सदस्यमा गणेशसिंह धामी र दिनेशराज भट्ट रहेका छन् । 

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले चैत ८ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेपछि अहिले बैतडीका क्याम्पसहरुमा समेत स्ववियु निर्वाचनको तयारी भइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update