Sagun Khabar
श्रीकोट बहुमुखी क्याम्पसको बार्षिकोत्सव सम्पन्न 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३स्थित श्रीकोट बहुमुखी क्याम्पसको १०औँ वार्षिकोत्सव समारोह विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । 

क्याम्पस संचालक समिति अध्यक्ष जयदेव जोशीको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष कार्कीले क्याम्पसको विकासका लागि पालिकाले विगतदेखि नै सहयोग गर्दै आएको बताए । पालिकाले क्याम्पसको भौतिक व्यवस्थापन र शैक्षिण्क गुणस्तर सुधारका लागि सहयोग गरेको बताउँदै उनले आगामी दिनमा पनि सहयोग निरन्त रहने बताए । 

बार्षिकोत्सव समारोहमा क्याम्पस प्रमुख दानसिंह कार्कीले १ करोड २५ लाख ८१ हजार बराबरको आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update