जिल्ला अस्पताल बैतडीमा नाक कान घाँटी रोग विषेशज्ञ सेवा सुरु
बैतडी- जिल्ला अस्पताल बैतडीमा बिशेषज्ञ सहितको सेवा शुरु भएपछि बिरामीहरुलाई उपचारका लागि सहज भएको छ । जिल्ला अस्पताल बैतडीले नाक,कान,घाँटी रोग विषेशज्ञ सेवा पनि सुरु गरेको छ ।
यो भन्दा पहिला नाक, कान, घाँटीको नियमित सेवा दिन नसकेको जिल्ला अस्पतालले अव नियमित सेवा दिने भएको हो ।
नाक कान घाँटी रोग विषेशज्ञ डा. जीवन बानियाँ जिल्ला अस्पताल बैतडीमा आए लगत्तै जिल्ला अस्पतालमै बिशेषज्ञ सहितको सेवा पाइने भएपछि बिरामीहरुलाई समेत सहज भएको छ । पहिलाको तुलनामा अस्पतालको सेवामा सुधार भएको दशरथचन्द नगरपालिका २ का तिलक बोहराले बताए ।
जिल्ला अस्पतालमा बिशेषज्ञ सहितको सेवा सञ्चालनमा रहेकाले पहिलाको तुलनामा बिरामीहरुको संख्या पनि बढ्दै गएको जिल्ला अस्पताल प्रसासनले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ १२:३९
प्रतिक्रिया दिनुहोस्





