बैतडी- समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बैतडीको पञ्चेश्वरमा सचेतनामुलक कार्यक्रम गरिएको छ ।
शुक्रबार (आज) बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं. ५ स्थित श्री जयपुर मा.वि. जेबलकट्टेमा बालविवाह न्युनिकरण तथा रोकथाम सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक गोरख बहादुर चन्दको संयोजकत्वमा कक्षा १० देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई बालविवाह न्युनिकरण तथा रोकथाम सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीको मातहतमा रहेको प्रहरी चौकी बलराले कार्यक्रम मार्फत विद्यार्थीहरुलाई बालविवाहका नकारात्मक पक्ष,बालविवाहले सामाजिक अथवा व्यक्तिगत रुपमा पार्ने असर लगायतका बिषयमा सचेतना फैलाएको हो ।
यस्तै सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बिहिबार (हिजो) प्रहरी चौकी महाकाली बैतडीले श्री देबथला माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई “अपराध नियन्त्रण तथा रोकथाम सम्बन्धी” प्रशिक्षण दिएको थियो ।





