बैतडी- नेपाल शिक्षक संघ बैतडीको नवौं जिल्ला अधिवेशन सुरु भएको छ । शनिबार विरेन्द्र मावि शाहिलेकमा उद्दघाटन सत्र सुरु भएको हो ।
अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने माहोल सिर्जना भइरहेको शिक्षक संघका संघीय प्रतिनिधि बसन्त बिष्टले जानकारी दिए । शिक्षकको मार्यादित पेशा विद्यार्थीलाई जीवनउपयोगी शिक्षा 'सन्तुष्ट शिक्षक,युगानुकुल शिक्षा,लोकतन्त्र र सम्बृद्ध हाम्रो प्रतिबद्धता" नारा बोकेको नेपाल शिक्षक संघको नवौं जिल्ला अधिवेशनलाई भव्य,सव्य र मर्यादित रुपमा सफल पार्न नेपाल शिक्षक संघ संग आवद्ध सवैलाई आग्रह गरिएको छ ।
उदघाटन समारोहको सभापतित्व नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष विष्णु अवस्थीले गरेका छन् भने कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेस बैतडीका पार्टी सभापति चतुर बहादुर चन्द रहेकाछन् । कार्यक्रममा संघ संग आवद्ध शिक्षकहरूको उपस्थिति रहेको छ । आजै दिउँसो ३ बजे देखी बन्द सत्र सुरु हुने जनाएको छ ।





