Sagun Khabar
नेपाल शिक्षक संध बैतडीको अध्यक्षमा भण्डारी सर्वसम्मत चयन  

बैतडी-नेपाल शिक्षक संघ बैतडीको अध्यक्षमा गणेस भण्डारी सर्वसम्मत चयन भएका छन् ।  ९औं जिल्ला अधिवेशन बाट श्री नागार्जुन मावि रन्तोलीका प्रधानाध्यापक भण्डारी सर्वसम्मत चयन चएका हुन ।

पिपलकोट मावि लोजने शिवनाथका शिक्षक रमेश ओझा पनि अध्यक्षका प्रत्यासी रहेका थिए अन्तमा भण्डारीलाई नै समर्थन जनाएको संघिय प्रतिनिधि बसन्त बिष्टले जानकारि दिए ।

अहिले अध्यक्षको नाममा मात्रै सहमति जुटेको र अन्य सदस्यका लागी छलफल चलिरहेकोले राति नै सवै सदस्यहरुको टुङ्गो लाग्ने बिष्टले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १९:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update