बैतडीका अग्रज तथा बरिष्ठ पत्रकार लक्ष्मीदत्त पाण्डेय सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको तेस्रो साघारण सभाबाट सम्मानित भएका हुन् । शनिवार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको तेस्रो साघारण सभाबाट पाण्डेय सहित ४ जना पत्रकारहरुलाई सम्मान गरेको छ ।
बैतडी र दार्चुला शाखाको संस्थापक अध्यक्ष रही अहिले सम्म सुदूरपश्चिमको पत्रकारिता क्षेत्रको विकासका लागि पु¥याएको योगदानको कदर गर्दै खादा सहित सम्मान पत्र प्रदान गरि सम्मान गरेको हो । पाण्डेय अहिले रेडियो नेपालमा बरिष्ठ संवादाताका रुपमा कार्यरत छन् ।
सम्मानित हुनेमा पाण्डेय सहित कान्तिपुर दैनिकका संवादाता डीआर पन्त, बिबिसीका संवादाता उमिद बागचन र प्रेश काउन्सील नेपालका केन्द्रीय सदस्य हरि जोशी रहेका छन् । उनीहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह,भौतिक पुर्वाधारमन्त्री प्रकाश बहादुर देउवा,पत्रकार महासंघका महासचिव रोशन पुरी,पत्रकार महासंघका प्रदेश अध्यक्ष योगेश रावलले दोसल्ला,अबिर र प्रमाणपत्र सहित सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको तेस्रो साधारण सभा शनिवारदेखी कैलालीको गोदावरीमा जारी रहेको छ ।





