Sagun Khabar
अपाङ्गता परिचय पत्र वितरण गर्न बैतडीको शिवनाथमा विवरण संकलन 

बैतडी- बैतडीको शिवनाथ गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण गरिहेको छ । परिचयपत्र अभावमा राज्यले  प्रदान गर्ने  सेवाबाट बञ्चित भएकाहरुलाई सेवा प्रवाह गर्न  पालिकाले बाँकी रहेका  अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिहेको हो ।

जिल्ला अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाले अपाङ्गता परिचय पत्र पाउन बाँकी रहेका ४० जनाको विवरण संकलन  गरिसकेको शिवनाथ गाउँपालिकाका  सूचना तथा सञ्चार प्रविधिअधिकृत महेश सिंह महताले  जानकारी दिए  । 

उनका अनुसार (क) वर्गका अपांगता परिचयपत्रका लागि ६ जना महिला र २ जना पुरुष गरि  ८ जनाको  विवरण संकलन गरिएको छ । यस्तै (ख) वर्गको अपाङ्गता परिचय पत्रका लागि ७ महिला ४ पुरुष  गरि  ११ ,(ग) वर्गका लागि ७ महिला ८ पुरुष गरि १५ ,(घ) वर्गको परिचय पत्रका लागि ४ महिला २ पुरुष गरि ६ जनाको विवरण संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।

उनिहरुलाई  सेवा प्रदान गर्न विवरण संकलन गरिएको र छिट्टै आपाँङ्गता परिचयपत्र वितरण गरिने गाउँपालिकाले  जनाएको  छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update