Sagun Khabar
घरघरमै  गएर भत्ता वितरण

बैतडी -बैतडीको मेलौली  ८ ले  घरघरमै   गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको  छ ।  कुमारी  बैँकका कर्मचारीको सहयोगमा घरघरमै गएर समाजिक सुरक्षा भत्ता वितरण गरेको वडा अध्यक्ष तपेन्द्र सिंह विष्टले  जानकारी  दिए ।

चालु आर्थिक वर्षको  ६ महिनाको  सामाजिक सुरक्षा भत्ता घरटोलमै  गएर  वितरण गरिएको  उनले बताए । अशक्त, वृद्धवृद्धाहरुलाई बैँक सम्म पुग्न हुने गरेको समस्यालाई  दृष्टिगत गरेर भत्ता वितरणमा वडाले सहजिकरण गरेको  वडा अध्यक्ष विष्टले  बताए ।

आफुले  वृद्धवृद्धा अशक्त नागरिकहरुको बैँक सम्म पुग्नु  पर्ने कठिनाइलाई मध्यनजर गरेर गाउँघरमै भत्ता वितरणको  बातावरण मिलाएको  र आगामिदिनहरुमा पनि निरन्ता दिने उनले बताए । भत्ता वितरणमा वडाले  सहजिकरण गरिदिएपछि त्यहाँका सेवाग्राही पनि  खुसि भएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update