Sagun Khabar
बैतडीमा विद्यालयको विकासका लागि होली

बैतडी-  बैतडीमा विद्यालयको विकासका लागि होली खेलेर आर्थिक संकलन गरिएको छ । जिल्लामा रहेका केहि विद्यालयहरुले विद्यालयको विकासका लागि होली खेलेर आर्थिक संकलन गरेका हुन ।

जिल्लाको  पाटन नगरपालिका ३ स्थित सिगास माध्यमिक विद्यालयले होली खेलेर ४ लाख १५ हजार ४ सय ४० रुपैँया संकलन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले बताए ।  संकलित रकम विद्यालयको  विकासका लागि खर्च गरिने उनले बताए । .

यस्तै सुर्नया गाउँपालिका ४ डबरालीमा रहेको पञ्चदेव आधारभुत विद्यालयले पनि  १ लाख ८० हजार ५ सय ५३ रुपैयाँ संकलन गरेको अभिभावक एवंम होली संयोजक नीरेश भट्टले बताए । धर्म संस्कृतिको जर्गेना संगसंगै विद्यालयको विकासका लागि होली पर्वले  मदत गरेको  विद्यालय परिवारहरुको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update