Sagun Khabar
बुडाल मृत्युप्रकरणः आफन्तले शव बुझे, अनुसन्धान जारी

बैतडी- बैतडीमा मृत फेला परेका युवक बुडालको आफन्तले  शव बुझेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका –१० खडेनी घर भएका २५ बर्षीय  जीवन  बुडाल फागुन १३ गते मृत फेला परेका थिए । मृत फेला परेको ११ दिन पछि मंगलबार   आफन्तले शव बुझेका  जिल्ला प्रहरीकार्यालय  बैतडीले  जनाएको  छ ।

फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका बुडाल  राति ९ बजे मृत फेला परेका थिए । राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला पिकनिक गएका हुन् । बुडालको हत्या भएको भन्दै परिवारजनले ११ दिन सम्म  शव बुझ्न मानेको थिएनन  ।

परिवारका तर्फबाट बुडालसंगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जना प्रहरी नियन्त्रणमा छन् । उनहिरुमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । यस्तै बुडाल मृत्यु प्रकरणमा  प्रदेश मातहतको सिआईबीको टोलिले पनि अनुसन्धान गरिरहेको उनले  बताए ।

मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबीनको माग गर्दै आएका छन्  । चौलानी नदीमा मृत फेला परेका बुडाल पौडी खेल्न समेत सिपालु थिए । तर कम पानी भएकै ठाउँमा बुडाल मृत फेला परेकाले परिवारजनले हत्याको आशंका गरेका हुन् ।  

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update