Sagun Khabar
११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बैतडीमा पनि मनाइँदै  

बैतडी- आज ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बैतडीमा पनि मनाइँदै  छ । देशभरि  जस्तै बैतडीमा पनि आज  विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन लागिएको हो । लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ महिला दिवस  मनाउन लागिएको  महिला अधिकारकर्मी  सरस्वती  नेपालीले  बताइन् ।

जिल्ला सदरमुकाम गोठलापनीमा विभिन्न कार्याक्रम गरि श्रमिक महिला दिवस  मनाइन लागेको  उनले  बताइन् ।  यस्तै  बैतडीको  पाटनमा पनि महिला दिवस  मनाइदै  छ । जिल्लाका अन्य  स्थानीय  तह र वडाहरुमा पनि आज नारी  दिवस मनाइँदै  छ ।   अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । नारी दिवसको दिन आज  सरकारले सार्वजनिक विदा समेत दिएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update