बैतडी- बैतडीमा महिलामाथि हुने अपराधमा कमि आउन सकेको छैन् । महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि जिल्लामा विभिन्न अभियानहरु सञ्चालन भएपनि जघन्य खालका अपराधमा अझै कमी नआएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको अहिले सम्म प्रहरीमा जबरजस्तीकरणीका मात्रै १० ओटा मुद्दा दर्ता भएका छन् । प्रहरी कार्यालयमा दर्ता भएका सबै मुद्दा अदालती प्रक्रियामा गईसकेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीले जनकारी दिए । बैतडीमा यो अवधीमा नै एक किशोरीको घाँटी रेटि हत्या समेत गरिएको थियो ।
यस्तै चालु आर्थिक बर्षमा घरेलु हिंसा तथा लैगिंक हिंसाका ६६ ओटा ठाडो उजुरी दर्ता भएका उनले बताए । परेका सबै उजुरीमा मिलापत्र पनि भइसकेको प्रहरी प्रवक्ता जोशीले बताए । मादक पदार्थ सेवन गरेर महिला माथि कुटपिट र झैझगडा गरेका उजुरी सबैभन्दा बढि रहेका उनले बताए ।
मादक पदार्थ सेवन गरेर श्रीमानले कुटपिट गरेका, घरमा परिवारले झैझगडा गेरका उजुरी प्रहरीमा आउने गरेका बताइएको छ । समाजमा रहेका विभिन्न हानिकारक प्रचलनका कारणले पनि महिलामाथि हिंसा हुने गरेका छन् ।
जिल्ला भित्र महिला माथि हुने अपराधमा कमि नआउनु दुःखद कुरा भएको भन्दै महिला अधिकारकर्मीहरुले यस्ता खालका अपराध न्यूनीकरणका लागि एक जुट हुन आवश्यक रहेको बताएका छन् ।





