Sagun Khabar
पर्यटकको  रोजाइमा पाताल भुवनेश्वर  धाम

बैतडी-बैतडीको धार्मीक तथा पर्यटकिय स्थल पाताल भुवनेश्वर  पर्यटकको  रोजाइमा पर्न  थालेको छ । धामकका बारेमा प्रचारप्रसार हुँदै गएपछि पछिल्लो  समय पाताल भुवनेश्वर धाम  पर्यटकहरुको रोजाइमा पर्न थालेको हो ।

एसियाकै लामो गुफा रहेको पाताल भुवनेश्वर धाममा पछिल्लो समय धार्मीक  पर्यटक बढ्दै गएका स्थानीय नरेन्द्र विष्टले बताए ।   धार्मीक तथा पर्यटकिय स्थल पाताल भुवनेश्वरमा आन्तरिक पर्यटकहरु आउन थालेका उनले बताए ।

कहिलै नसुक्ने तलाउ, एसियाकै लामो गुफा रहेकाले यो क्षेत्रमा पछिल्लो समय विभिन्न ठाउँबाट भ्रमण अवलोकनका लागि नागरिकहरु आउने गरेका छन् । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पातालभुवनेश्वर धाममा चारैतिर वनजंगलले घेरेको छ । यो विचमा कहिलै नसुक्ने प्राकृतिक ताल छ । सो तालमा अहिले स्नान गर्ने श्रद्धालु भक्तजनहरुको भीड बढ्न थालेको छ ।

हरिद्वार लगायतका अन्य  ठाउँमा गएर स्नान तथा पूजापाठ गर्ने तिर्थालु भक्तजनहरु अहिले पाताल भुवनेश्वर धाममा पनि आउने गरेका  पण्डीत खेम राज भट्टले  बताए । चोखो भोको भएर पाताल भुवनेश्वर  धाममा रहेको तालमा स्नान गरि पूजापाठ गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको उनले बताए। पाताल भुवनेश्वर धाम सडकबाट झण्डै आधा किलोमिटरको दुरीमा रहेको छ ।

स्नान,शिवालयहरुमा धुपबत्ती र गुफाको दर्शन गर्ने हरु पछिल्लो समय बढ्दै  गएका स्थानीय धिर बहादुर विष्टले बताए । यो क्षेत्रमा छिमेकि जिल्लाहरु दार्चुला, बझाँङ, डडेल्धुराबाट विद्यालयहरु र अन्य संघ संस्थाहरु अवलोकन भ्रमणका लागि पुग्ने गरेका छन् । पाताल भुवनेश्वर धाम रहेको क्षेत्रबाट मनमोहक दृश्यहरु देखिन्छन् । दार्चुलामा रहेको अपी र बझाँको साइपाल हिमाल, डडेल्धुराका केहि भूभाग देखि तराइ क्षेत्रका दृश्यहरु पनि यहाँबाट देखिन्छन् ।

धाममा रहेको तलाउमा स्नान,मन्दिरमा धुपबत्ती, गुफा दर्शन गरेर  उच्च भूभागहरुबाट यी मनमोहक दृश्य देखिदा मन आन्नदीत हुने गरेको स्थानीय दामोदर भट्टले बताए ।विभिन्न जिल्लाका एक दुइओटा विद्यालय प्रत्येक महिना पाताला भुवनेश्वर धाम क्षेत्रको अवलोकनका लागि आउने गरेका सिउडे बजारका व्यापारीहरुको भनाई छ । संघ संस्था,बालक्लब,युवाक्लवका नियमित बैठक समेत यो पाताल भुवनेश्वर धाम परिसरमा बस्ने गर्दछन् ।

यसरि धाम क्षेत्रमा तिर्थालु भक्तजन र अन्य व्यक्ति भ्रमणका लागि आउन थालेपछि व्यापार व्यवसायमा  पनि वृद्धि हुन थालेको छ ।पाताल भुवनेश्वर धाममा  विवाह, बर्तवन्ध समेत हुने गरेका छन् । यो धामको अझै  व्यापक प्रचारप्रसार भए धेरै भन्दा धेरै  पर्यटक भित्रिन सक्ने यहाँका  स्थानीयहरुको भनाई  छ । अझै भौतिक पूर्वाधारको  विकास  हुन सके यो क्षेत्रमा  पर्यटक बढ्ने नागरिकरुहरुको अपेक्षा छ । 

धाम क्षेत्रमा पुग्न अहिले  पदमार्ग भएपनि  सडक पुग्न सकेको  छैन् । आवश्यक विकास र व्यापक प्रचार हुन सके  पर्यटकहरुको संख्यामा वृद्धि भइ यहाँका नागरिकहरुको आयआर्जनमा सेमत टेवा पुग्ने युवा विनोद विष्टको  भनाई छ ।  

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update