Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा  निःशुल्क शल्यक्रिया सेवा 

बैतडी- जिल्ला अस्पताल बैतडीमा पाठेघर खसेका महिलाहरुलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको छ । यहि फागुन २३ र २४ गते पाठेघर खसेका महिलाहरुलाई निःशुल्क शल्यक्रिया सहितको सेवा प्रदान गरिएको जिल्ला अस्पताल बैतडीले  जनाएको छ ।

 दुई दिनमा ७  जना महिलाहरुको शल्यक्रिया गरिएको र ७० भन्दा बढी बिरामीहरूले स्त्री रोग विशेषज्ञ सेवा लिएका  जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालले  जानकारी  दिए ।  डडेल्धुरा अस्पतालबाट आएका   स्त्री रोग विशेषज्ञ डाक्टर सुरेन्द्र प्रसाद भट्टले  सेवा दिएका उनले  बताए ।

 जिल्लामै  निःशुल्क   सेवा पाएपछि सेवाग्राही पनि खुसि भएका छन् । पछिल्लो  समय जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ सहितका सेवा प्रवाह भइरहेका छन् ।    जसका कारण यहाँँका नागरिकहरुलाई  उपचारका लागि सहज भएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update