Sagun Khabar
बैतडीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियानः पालिकामा सम्पन्न, वडा तहमा जारी

बैतडी-बैतडीमा नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान पालिका स्तरमा सम्पन्न भएको   छ। यहि फागुन १५ देखि सञ्चालन  भएको  अभियान पालिका स्तरमा सम्पन्न भएको हो । 

 संगठन सुदृढीकरण गर्ने उद्देश्यका साथ शुरु भएको अभियान पालिका स्तरमा सम्पन्न भएको  र अहिले वडातहमा जारी  रहेको  नेकपा एमालेका बैतडी उपसचिव लोकेन्द्र भण्डारीले बताए । करिब ६० ओटा वडामा पनि अभियान सम्पन्न भइसकेको उनले  बताए ।  अभियानका लागि बैतडीमा पार्टीले चार जना केन्द्रीय सदस्यलाई खटाएको थियो ।

जिल्लाको सिगास र सुर्नया गाउँपालिकामा केन्द्रीय सदस्य पठानसिंह बोहरा , मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा केन्द्रीय सदस्य नरबहादुर धामी, यस्तै दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा केन्द्रीय सदस्य सन्तोष शर्माथापा थिए । यस्तै  पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा केन्द्रीय सदस्य अफिलाल ओखेडालाई जिम्मेवारी दिइएको थियो । 

अभियानमा प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि सदस्यहरु पनि खटिएका थिए । अहिले जिल्ला  कमिटिले  अभियान अन्तर्गत गाउँ टोलमै पुगेर पार्टी संगठन विस्तार गर्ने, सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता प्रदान गर्ने, पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गर्ने, पार्टीभित्र देखिएको अन्तरविरोध हल गर्ने, नयाँ प्रतिभा भएका युवाहरुको पहिचान गर्ने कार्यभइरहेका नेकपा एमालेका सुर्नया गाउँकमिटि अध्यक्ष राजेन्द्र प्रशाद भट्टले  बताए ।

आगामी वैशाख ९ गते सम्म सञ्चालन हुने अभियानले पार्टीलाई बलियो बनाउने विश्वास लिइएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update