Sagun Khabar
माओवादी  बैतडीको  भेटघाट तथा संगठन सुदृढीकरण अभियान  

बैतडी - नेपाल कम्युनिष्ट पार्टि नेकपा माओवादी केन्द्र बैतडीले भेटघाट तथा संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको   छ । पार्टिलाई  बलियो बनाउन यहि फागुन २२ गतेबाट नेकपा माओवादी केन्द्र बैतडीले भेटघाट तथा संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको हो ।    

फागुन २० र २१ गते जिल्ला कमिटि बैठक बसेर निर्णय पछि अहिले पालिका तथा वडा तहमा भेटघाट  कार्यक्रम सञ्चालन भएको माओवादी केन्द्रकी नेतृ स्वेता भट्ट (साहारा)ले जानकारी दिइन् । उनका अनुसार २० र २१ गते  बसेको जिल्ला कमिटि बैठकले भेटघाट तथा प्रशिक्षण अभियानका लागि पुर्चौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा पार्टि  प्रदेश उपाध्यक्ष रण बहादुर  कुँवरलाई  जिम्मेवारी दिइएको छ ।

यस्तै जिल्ला समन्वय समिति संयोजक शंकर भण्डारीलाई सुर्नया गाउँपालिका, पाटन नगरपालिका र सिगास गाउँपालिकाको  जिम्मेवारी  दिइएको छ  ।  यस्तै प्रदेश कमिटि सचिवालय  सदस्य प्रेम प्रकाश भट्ट (आदित्यलाई) मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका र  शिवनाथ गाउँपालिकाको जिम्मेवारी दिइएको छ ।

 कार्यक्रम अन्तरगत अगुवा कार्यकता संग भेटघाट, पालिका स्तरिय कमिटि गठन तथा पुर्नगठनको काम भइरहेको माओवादी केन्द्रकी नेतृ  साहाराले  बताइन् । यस्तै दशरथचन्द नगरपालिकामा केन्द्रीय कमिटि सदस्य, प्रदेश कमिटि सदस्य र जिल्ला कमिटि गरि सबैको सहभागितामा कार्यक्रम गरिने उनको  भनाई छ ।

संगठन सुदृढीकरण गर्ने उद्देश्यका साथ शुरु भएको  कार्यक्रम अहिले सम्म पाँच स्थानीयतहमा  सम्पन्न भइसकेको र बाँकी पािलकामा पनि छिट्टै सञ्चालन हुने  बताइएको छ । पुचौडी नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, मेलौली  नगरपालिका र शिवनाथ गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको र बाँकी पालिकामा पनि केहि दिनमै हुने  बताइएको  छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update