Sagun Khabar
बैतडीको सेटिगाउँ बहुमुखि क्याम्पसमा तालाबन्दी 

बैतडी-बैतडीको सेटिगाउँ बहुमुखि क्याम्पसमा तालाबन्दी गरिएको छ ।  क्याम्पस प्रशासनले  स्ववियु निर्वाचन विपरित गएर निर्णय गरेको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी निकट विद्यार्थी संगठन  अखिलक्रान्तिकारीले  बिहीवार क्याम्पसमा ताला लगाएको हो ।

क्याम्पस प्रशासनले  नियमित तर्फका विद्यार्थीहरुलाई मताधिकार बाट बञ्चित गराउने  निर्णय गरेकोले सो निर्णयका विरुद्ध अनेरास्वयु र अखिल क्रानिकारी आन्दोलनमा उत्रिएको  अखिलक्रान्तिकारीका जिल्ला इन्चार्ज गोबिन्द मालले  बताए । पटक पटक निर्णय सच्च्याउन माग गरिएपनि क्याम्पस प्रशासनले नसुनेपछि बाध्य भएर तालाबन्दरुी गर्नेु परेको उनले बताए ।

क्याम्पसको निर्णयले  ७० प्रतिशत विद्यार्थी  मताधिकारबाट बञ्चित भइरहेका संगठनहरुको भनाई  छ ।  पठनपाठनमा अवरोध नहुने गरि  निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको  अखिल क्रान्तिकारीका सेटिगाउँ  क्याम्पस  कमिटिका कार्यबाहक अध्यक्ष आशिष मालले  बताए । त्रिभुवन विश्व बिधालयको निर्देशिका विपरित   नियमित रुपमा क्याम्पसमा आउने विद्यार्थीहरुलाइ  निर्वाचनमा सामेल हुन नपाउने र आफ्नो मत खसाल्न  नपाउने गरि गरिएको षड्यन्त्र मान्य नहुने अनेरास्ववियु सेटिगाउँ क्याम्पस कमिटि कार्यबाहक अध्यक्ष बिरहादुर  नाथले  बताए ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले क्याम्पस प्रशासन लाई ज्ञापन पत्र बुझाउदा पनि बेवास्ता गरेकाले माग पुरा नभए सम्म तालाबन्दी  नखुल्ने  जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । चैत्र ५ गते देश भरिका त्रीबि अन्तर्गतका क्याम्पसहरुमा निर्वाचनको लागि कार्यतालिका सार्बजनिक भएको छ । तर सेटिगाउँ बहुमुखी क्याम्पसमा लफडा हुन थालेको   छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update