Sagun Khabar
नेकपा एस सुर्नया गाउँकमिटिको  बिस्तारित बैठक सम्पन्न

बैतडी - नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादी (एस)  सुर्नया गाउँकमिटिको बिस्तारित बैठक सम्पन्न भएको छ । आज पार्टिका केन्द्रीय  पोलिट्व्युरो सदस्य  एवं सुदूरपश्चिम सह इन्चार्ज रामकुमार ज्ञवालीको  प्रमुख आतिथ्यतामा बैतडीकाे  सुर्नया ५ पालिमा बिस्तारित बैठक सम्पन्न भएको हो ।

बैठकले पार्टिका पालिका स्तरिय जनवर्गिाय संगठन विस्तार गर्नुका साथै  विभिन्न निर्णय गरेको छ । आज बसको बैठकले कमला साउँदको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपा महिला अनेम संघ, लोक बहादुर विष्टको अध्यक्षतामा २१ सदस्यीय किसान महा संघ र हिक्मत बहादुर कुँवरको अध्यक्षतामा २५ सदस्यीय युवा संघ गठन गरेको नेकपा एकीकृत समाजवादी  सुर्नया गाउँकमिटि अध्यक्ष दिनेश प्रशाद भट्टले जानकारी दिए ।

यस्तै  आजको  बैठकले  चैत्र ११ गते  देखि  सबै वडामा बैठक बसाल्ने , संगठन विस्तार गर्ने , सदस्यता वितरण गर्ने समेत निर्णय गरेको उनले बताए । यस्तै नेकपा माओवादी केन्द्रका नेता जगदिश कुँवर  एकीकृत समाजवादरुीमा प्रवेश गरेरका गाउँकमिटि अध्यक्ष भट्टले  बताए ।

आज बसेको  बैठकमा उनि पार्टि  प्रवेश गरेका उनको  भनाई छ । बैठकमा केन्द्रीय पोलिट्व्युरो सदस्य रामकुमार ज्ञवाली, प्रमान्नद भट्ट, पार्टीका दार्चुला इन्चार्ज नरेन्द्र विष्ट लगायतका एसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update