Sagun Khabar
बैतडीको  गाँजरी स्वास्थ्यचौकीमा दुई  दिने निःशुल्क स्वास्थ्य शिविर शुरू

बैतडी-बैतडीको गाँजरी स्वास्थ्यचौकीमा दुई  दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ । जिल्लाको सिगास गाउँपालिका २ मा रहेको गाँजरी स्वास्थ्यचौकीमा आजबाट निःशुल्क स्वास्थ्य  शिविर सञ्चालन भएको हो ।

जिल्ला अस्पताल बैतडीको आयोजनामा  विशेषज्ञ सेवा सहितको स्वास्थ्य गाउँघर चिकित्सक कार्यक्रम अन्तरर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन  भएको गाजरी स्वास्थ्यचौकीका इन्चार्ज जनकसिंह धामीले जानकारी दिए । दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नको लागिशिविर सञ्चालन गरिएको उनले बताए ।

 आज र भोलि लाग्ने  शिविरमा विशेषज्ञ डाक्टरबाट  हाडजोर्नी सेवा दन्त रोग सेवा,  नाक ,कान, घाँटीको उपचार, बाल रोग सेवा लगायतका स्वास्थ्य सेवा प्रदान गरिने जिल्ला अस्पताल बैतडीले  जनाएको छ । यसअघि  जिल्लाको पञ्चेश्वर गाउँपालिकामा  गाउँघर चिकित्सक कार्यक्रम अन्तरर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन  सञ्चालन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update