बैतडी- बैतडीको सेटिगाउँ बहुमुखि क्याम्पसमा लागेको तालाबन्दी खुलेको छ । क्याम्पस प्रशासनले स्ववियु निर्वाचन विपरित गएर निर्णय गरेको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिलक्रान्तिकारीले बिहीवार क्याम्पसमा ताला लगाएको थियो। विद्यार्र्थी संगठनले राखेका माग सम्बोधन पछि आज ताला खुलेको हो ।
आज क्याम्पस प्रशासन र निर्वाचन मण्डल, विद्यार्थी संगठन विच भएको छलफलमा भर्नाभएका सबै विद्यार्थीलाई चुनावमा सहभागि गराउने सहमति भएपछि ताला खोलिएको अखिल क्रान्तिकारीका सेटिगाउँ क्याम्पस कमिटिका कार्यबाहक अध्यक्ष आशिष मालले बताए । क्याम्पस प्रशासने गलत निर्णय गरेको भन्दै हिजो निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको थियो ।
त्रिभुवन विश्व बिधालयको निर्देशिका विपरित नियमित रुपमा क्याम्पसमा आउने विद्यार्थीहरुलाइ निर्वाचनमा सामेल हुन नपाउने र आफ्नो मत खसाल्न नपाउने गरि गरिएको षड्यन्त्र मान्य नहुने भन्दै विद्यार्थी संगठन विरोधमा उत्रिएका थिए । चैत्र ५ गते देश भरिका त्रीबि अन्तर्गतका क्याम्पसहरुमा निर्वाचन हुँदै छ ।
सोहि कार्यातालिका अनुसार सेटिगाउँ बहुमुखी क्याम्पसमा पनि चुनाव हुन लागेको हो । सेटिगाउँ बहुमुखी क्याम्पसका १ सय ७० जना विद्यार्र्थी मतदानमा सहभागि हुने बताइएको छ ।





