बैतडी- प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धि बैतडीको पुर्चौडी नगरपालिका ८ मा एक दिने अभिमुखीकरण तथा वेरोजगार दर्ता शिविर सम्पन्न भएको छ । नगरपालिकाको रोजगार शाखाको सहयोगमा शुक्रबार वडाको मल्लादेहीमा अभिमुखीकरण कार्यक्रम तथा वेरोजगार दर्ता शिविर सम्पन्न भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई दिगो प्रभावकारी बनाउन एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको पुर्चौडी नगरपालिकाका रोजगार शाखा संयोजक हरिशसिंह धामीले बताए । कार्यक्रममा समिति गठन देखि छनाेट प्रकृया कसरि गर्ने, नयाँ वेरोजगारलाई कसरि समावेश गर्ने बारे अभिमुखिकरण गरिएको उनले बताए।
नयाँ निर्वाचित भएर आएका वडाहरुमा जनप्रतिनिधि, कर्मचारी, र रोजगार कार्यक्रममा सहभागि हुनेहरुलाई कार्यक्रम बारे जानकारी गराइएको बताइएको छ । कार्यक्रम आज मल्लादेहिबाट सुरु गरिएको र अन्य वडामा पनि गरिने रोजगार शाखा संयोजक धामीले बताए। आर्थिक वर्षको बजेट कार्यान्वयन गर्नु पर्ने भएकाले अहिले क्षमाता अभिवृद्धिका साथै दर्ता शिविर सञ्चालन भएका उनको भनाई थियो ।





