Sagun Khabar
बैतडीको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष  विना भट्टमाथि कुटपिट

बैतडी - बैतडीमा  गाउँपालिका उपाध्यक्ष माथि कार्यकक्षमै कुटपिट भएकाे छ ।  जिल्ला पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष  विना भट्टमाथि कुटपिट भएको हो ।

उनले आफूमाथि वडा नं ३ बस्ने दिपक बहादुर चन्दले २५ गते दिउँसो विधुतिकरणको विषयलाइ लिएर मादक पदार्थ सेवन गरि कार्यकक्षमै आएर कुटपिट गरेको आरोप लगाएकी छन्।  

कुर्सीमा बसेको बेला मलाई लछारपछार गरि गालिगलाैच सहित   हातमा लिएको फलामको प्लासले  कुटपिट गरेको उनको आरोप छ ।   पैसा नदिएको भन्दै कुर्सीमा बसेका बेला लछार पछार गरेका चन्दमाथि इलाका प्रहरी कार्यालय पाटनमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरेकी उनि उपाध्यषले  बताइन् ।  

विद्युत विस्तारमा गरेको कामको भुक्तानीका विषयमा चन्द र उपाध्यक्ष भट्टको बिचमा विवाद भएको बताइएको छ । घटनाबारे प्रहरीले  अनुसन्धान भइरहेको   जनाएको  छ ।  यस्तै उनले ज्यान मार्ने धम्कीसमेत दिएकोले  आवश्यक छानविन गरि  कारबाहीका लागि गाउँपालिका राष्ट्रिय महासंघ नेपाललाई  पनि निवेदन दिएको  बताइन्  । 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update