Sagun Khabar
बैतडीको डिलाशैनीमा निःशुल्क स्वास्थ्य शिविर,हाँडाकोटमा १सय ११ जनाले  सेवा लिए

बैतडी-  बैतडीको डिलाशैनी  गाउँपालिकाले नागरिकहरुलाई निशुल्क  स्वास्थ्य  शिविर सञ्चालन गरेर  सेवा दिन थालेको  छ ।  अस्पताल पहुँच भन्दा बाहिर रहेका पालिकाबासिहरुलाई  निशुल्क  स्वास्थ्य  शिविर  सञ्चालन गरेर सेवा दिन थालेको  हो ।

दुर्गम भेगका नागरिकहरुलाई  स्वास्थ्य  सेवा प्रदान गर्न  अहिले  घुम्ती शिविर मार्फत निशुल्क सेवा प्रदान भइरहेको डिलाशैनी गाउँपालिकाका जनस्वास्थ्य  अधिकृत गणेश बहादुर खातीले जानकारी दिए । गाउँपालिका स्वास्थ्य  शाखाको  आयोजनामा शिविर  सञ्चालन गरेर सेवा प्रदान भइरहेको  उनले  बताए ।

बिहीवार  वडा नं ४ को  हाँडाकोट स्वास्थ्य  चौकीमा सञ्चालन भएको  शिविरबाट १ सय ११ जनाले सेवा लिएका छन् । प्रस्तावित अस्पताल धामी गाउँमा कार्यरत डाक्टर प्रदिप गुरुङको नेतृत्वमा गएको  टिमबाट  ८० जनाले ओपिडी  सेवा लिएका छन् ।

यस्तै  १२ जनाको  खकार परिक्षण गरिएको छ भने १३ जना गर्भवती महिलाले  निःशुल्क अल्ट्रासाउन्ड सेवा लिएका छन् । यसैगरि ६जना अपाङ्गता भएका व्यक्तिको अपाङ्गता  परिचयपत्रका लागि स्वास्थ्य जाँच गरिएको जनस्वास्थ्य अधिकृत खातीले  बताए । क्षय रोगको  सम्भावित जोखिम  कम गर्नका लागि खकार परीक्षण पनि भइरहेको उनले  बताए ।  यो अभियान सबै वडामा लागु हुने बताइएको  छ ।  

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update