बैतडीको एक पसलमा आगलागी हुँदा १२ लाख बराबरको क्षति
बैतडी- बैतडीको एक पसलमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालीका ७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडी रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्समा आगलागी भएको हो ।
शुक्रबार राति पौने नौ बजेतिर पसलमा आगलागि भएको बताइएको छ । आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको इलाका प्रहरीकार्यालय मेलौली जनाएको छ । आगलागीबाट पसलमा भएका सबै सरसमान जलेर नष्ट भएका बताइएको छ । विद्युत सट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ ।
आगलागी भएको थाहा पाउने बित्तिकै प्रहरीलाई खबर गरिएको थियो । प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९ १०:५५
प्रतिक्रिया दिनुहोस्





