बैतडी- स्थानीयतह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बैतडीको पुर्चौडी नगरपालिका शीर्षस्थानमा परेको छ । जिल्लाका १० ओटा स्थानीयतह मध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पुर्चौडी नगरपालिका ८०.५ प्रतिशत अङ्क ल्याएर शीर्ष स्थानमा परेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको मुल्याङ्कन सूचिमा पुर्चौडी नगरपालिका शीर्ष स्थानमा देखिएको हो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा नगरपालिका बैतडीमा पहिलो नम्बर र सुदूरपश्चिममा छैटौँ स्थानमा पर्दा खुसि लागेको नगरपालिकाका प्रमुख प्रशासकयी अधिकृत वीरबहादुर नेपालीले बताए ।
नगरपालिका शीर्षस्थानमा परेपछि अझ काम गर्ने हौसला थपिएको उनले बताए । यस्तै ७१ अङ्क साथ दोस्रो स्थानमा पञ्चेवश्र गाउँपालिका परेको छ भने ४१ अङ्क ल्याएर पुछारमा पाटन नगरपालिका परेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा शीर्ष स्थानमा परेको पुर्चौडी नगरपालिकाले ८०.५ अङ्क प्राप्त गरेको छ । यस्तै दशरथचन्द नगरपालिकाले६५.५पुछारमा परेको पाटन नगरपालिकाले ४१ अंक प्राप्त गरेको छ भने मेलौली नगरपालिकाले ६५.५ अङ्क ल्याएको छ ।
यस्तै सुर्नया गाउँपालिकाले५०.७५,पञ्चेश्वर गाउँपालिकाले ७१, शिवनाथ गाउँपालिकाले ६२.२५ डिलाशैनी गाउँपालिकाले ६५, दोगडाकेदार गाउँपालिकाले ५५र सिगास गाउँपालिकाले ४८.२५ अङ्क प्राप्त गरेको छ । १० ओटा सूचकका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरेको छ ।
शासकयी प्रबन्ध, संगठन तथा प्रशासन , वार्र्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन , सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भौतीक पूर्वाधा, समाजिक समावेशिकरण, बतावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य समन्वय जस्ता सूचकलाई मुल्याङ्कनको आधार मानिएको छ । यसअघि राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले तयार पारेको कार्यसम्पादन सूचक मूल्यांकनमा बैतडीका १० ओटा स्थानीय तहमध्ये दोगडाकेदार गाउँपालिका अग्रस्थानमा परेको थियो ।





