Sagun Khabar
बैतडीको सिगास  शिक्षा क्याम्पसमा  नेविसंघको एकल उम्मेदवारी

बैतडी- स्ववियु निर्वाचनका लागि बैतडीको  एक क्याम्पसमा नेपाल विद्यार्थी  संघको  एकल उम्मेदवारी दर्ता भएको छ । सिगास शिक्षा क्याम्पस गाजरीमा नेविसंघको एकल उम्मेदवारी दर्ता भएको  हो ।

नेवि संघका  लोकेन्द्र धामीको नेतृत्वमा नरेश भुल सचिव रहनेगरी कार्यसमितिमा नेवीसंघको एकल उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत नर बहादुर धामीले जानकारी  दिए । यो सँगै नेविसंघ निर्विरोध निर्वाचित भएको हो । दाबी बिरोध तथा उम्मेदवारी फिर्ताको २९ गतेसम्म रहेको र दाबी, बिरोध तथा उम्मेदवारी फिर्ता नभए सोही कमिटि निर्वाचित   हुने बताइएको छ ।

अन्य कुनै पनि विद्यार्थी  संगठनहरुले उम्मेदवारी दर्ता नगरेपछि  नेवि संघ निर्विरोध हुन लागेको हो ।  त्रिवि अन्तरर्गतका क्याम्पसकहरुमा चैत्र ५ गते  स्ववियु निर्वाचन हुँदै  छ । 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update