Sagun Khabar
बैतडीको सेटिगाउँ बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अखिलको चुनावि तालमेल,बोहरा साझा उम्मेदवार

बैतडी- बैतडीको सेटिगाउँ बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबिच चुनावि तालमेल भएको छ। आसन्न स्ववियु निर्वाचनका लागि उनीहरुबिच तालमेल भएको हो ।

शनिबार  उनीहरुले संयुक्त रुपमा  उम्मेदवारी  दर्ता गराएका छन। सभापतिका लागि अखिल क्रान्तिकारीका मोहन बोहरा उम्मेदवार बनेका विद्यार्थी  नेता आशिष मालले  बताए । यस्तै सचिवमा रमेश माल र कोषाध्यक्षमा मनोज जोशी उम्मेदवार बनेका छन्। उनीहरु भने अनेरास्ववियुबाट हुन। स्ववियु निर्वाचन चैत्र ५ गते  हुँदै छ ।  

सेटिगाउँ बहुमुखी क्याम्पसमा  १ सय ७० मतदाता रहेका छन् । शनिबार उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ । सेटिगाउँ बहुमुखी  क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु अखिल (क्रान्तिकारीका)साझा उम्मेदवार मोहन बहादुर बोहराले सभापतिको उम्मेदवारी दिएका हुन् । 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभर जस्तै बैतडीका  क्याम्पसहरुमा पनि शनिबार  उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update