Sagun Khabar
बैतडीको गाँजरीमा निःशुल्क स्वास्थ्य शिविर,७ सय ८८ जनाले  सेवा लिए 

बैतडी- बैतडीको गाँजरी स्वास्थ्यचौकीमा सञ्चालन भएको  निशुल्क स्वास्थ्य शिविरबाट ७ सय८८ जनाले  सेवा लिएका छन्।  जिल्लाको सिगास गाउँपालिका २ मा रहेको गाँजरी स्वास्थ्यचौकीमा यहि फागुन २६र२७ गते सञ्चालन भएको  शिविरबाट ७ सय ८८ जना बिरामीले  सेवा लिएका हुन् । 

जिल्ला अस्पताल बैतडीको आयोजनामा विशेषज्ञ सेवा सहितको स्वास्थ्य गाउँघर चिकित्सक कार्यक्रम अन्तरर्गत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको गाँजरी स्वास्थ्यचौकीका इन्चार्ज जनकसिंह धामीले जानकारी दिए । दुई  दिने  शिविरमा जिल्ला अस्पताल बैतडीका विशेषज्ञ डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलिले  सेवा दिएको उनले बताए । 

शिविरमा ५६० महिला र  २२८ पुरुषले सेवा लिएका जिल्ला अस्पताल बैतडीले  जनाएको  छ । उक्त शिविरमा ३२९ जनाले  सामान्य चेक जाँचसेवा लिएका छन् । यस्तै १५६ जनाले हाडजोर्नि सेवा,  १३१ जनाले नाक कान र घाँटी सम्बन्धी सेवा, ८९ जना बालबालिका र दाँत सम्बन्धी समस्या भएका ९३ जनाले सेवा लिएका बताइएको  छ । 

यस्तै ११० जनाले  भिडियो एक्सरे सेवा १२ जनाले इसीजि सेवा लिएका छन् ।  यसअघि  जिल्लाको पञ्चेश्वर गाउँपालिकामा  गाउँघर चिकित्सक कार्यक्रम अन्तरर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । जिल्ला अस्पतालले  गाउँघर चिकित्सक कार्यक्रम अन्तरर्गत पाइक पर्ने स्थानमा गएर निःशुल्क सेवा दिन थालेपछि नागरिकहरुलाई सेवा लिन सहज भएको  छ । अस्पताको   पहुँच बाहिर रहेका दुर्गम ठाउँका नागरिकहरु  सेवा पाउँदा  खुसि पनि भएका छन् ।  

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update