Sagun Khabar
बैतडीमा स्ववियु निर्वाचनः पुर्चौडी क्याम्पसमा लफडा, नेवि संघले लगायो ताला

बैतडी- नेपाली  काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी  संगठन नेवि संघले बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रकृयामा मनोमानि भएको भन्दै नेवि संघले  अधिकृतको कार्यालयमा तालाबन्दी गरेको  हो ।

निर्वाचन अधिकृतको कार्यालयले नेवि संघलाई डरत्रास देखाई निर्वाचन तालिका परिवर्तन गरेको नेवि संघको  आरोप छ ।  चैत ५मा हुने स्ववियु निर्वाचन कार्यतालिका अनुसार अगाडी नबढेको  नेवि संघको आरोप रहेको  हो । यस्तै  नेवि संघका उम्मेदवार माथी अन्य संगठनका विद्यार्थीहरुले डरत्रास देखाएर हातपात र गालिग्लौज  समेत गरेको जनाएको  छ ।

कार्यतालिका बजोजिम स्ववियु निर्वाचन अगाडी नबढेसम्म तालाबन्दी नखुल्ने  नेवि संघले जनाएको  छ । प्रेस विज्ञप्ती जारी गरेर  नेवि संघले  निर्वाचन प्रकृया मनोमानि ढंगले  अगाडी  बढेको भन्दै  आपत्ती  जनाएको  हो ।  शनिबार बैतडीका त्रिवि अन्तर्गतका क्याम्पसमा पनि स्ववियु  निर्वाचनका लागि उम्मेदवारी  दर्ता  भएको  छ । 

अनेरास्ववियु लगायतका  संगठनको तालाबन्दीप्रति आपत्ती

यस्तै अनेरास्ववियु  लगायतका विद्यार्थी  संगठनहरुले तालाबन्दी  गर्नेलाई   कारबाहीको  माग गरेको  छ । हार निश्चित देखेपछि स्ववियु निर्वाचन लाई भाड्न खोज्नेलाई  माग गरिएको हो । आफ्नो हार निश्चित देखेपछि स्ववियु निर्वाचन लाई भाड्न खोज्ने क्यामपस हाताभित्र दादागिरी गर्ने अराजकहरुलाई कारबाही गर्न माग गदाछौँः अनेरास्ववियु , अनेरास्ववियु क्रान्तिकारी, अखिल क्रान्तिकारी  विप्लवद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा भनिएको  छ ।

अनेरास्ववियुका नेता स्ववियु निर्वाचन समिति सह संयोजक करन कुँवर लगायतका विद्यार्थी  नेताहरु  माथि  हातपात गरि  गरि उल्टै निर्वाचन अधिकृतको  कार्यालयमा  तालाबन्दी  गरिएको  भन्दै तीन ओटै  संगठनले घटनको निन्दा  गरेका छन् ।  

No photo description available.

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update