Sagun Khabar
बैतडीकी बेलमती ४ दिन देखि बेपत्ता,विचल्लीमा बालबच्चा  

बैतडी- बैतडीकी बेलमती बेपत्ता भएकी छिन् । जिल्लाको सिगास गाउँपालिका वडा नं ३ हल्काशैनी घर भएकी बेलमती गत विहीबार देखि बेपत्ता भएकी हुन् । 

फागुन २५ गते दाँतको उपचारका लागि डडेल्धुरा अस्पताल हिँडेकी बेलमती अहिले सम्म सम्पर्कमा नआएकी आफन्त भानसिंह धामीले  जानकारी दिए । ४० वर्षीया बेपत्ता धामीका घरमा  चार छोरा र वृद्ध ससुरा रहेका उनले बताए । 

श्रीमान भीमबहादुर धामीको मृत्यु पश्चात चार छोराहरु हुर्काउदै आएकी उनि मोबाइल समेत स्विचअफ गरेर सम्पर्क विहिन हुँदा बालबच्चा विचल्लीमा परेका स्थानीय धामीले बताए ।

कहिँ कतै उनीलाई देखेपछि नजिकको प्रहरीचौकी अथवा ९८४२८८७९५५ र९८४७१३१५५२ मा सम्पर्क गरिदिन आफन्तहरुले सबैमा आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update