Sagun Khabar
कैलालीमा दुई इलेक्ट्रोनिक पसलमा आगलागी, ३० लाखको क्षति 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा दुई इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । जिल्लाको लम्की–चुहा नगरपालिका–९ प्रतापपुरमा दुई इलेक्ट्रोनिक पसलमा आगलागी भएको हो । स्थानीय जितबहादुर चौधरीको इलेक्ट्रोनिक पसल र नवराज चौलागाईको मोबाइल ग्यालरीमा आगलागी भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट एक मोटरसाइकल सहित करीब ३० लाख रुपैंयाको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । चौधरीको इलेक्ट्रोनिक पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको भनाइ रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update