Sagun Khabar
सुदूरपश्चिमका तीन निर्माण कम्पनी कालोसूचीमा 

कैलाली –सुदूरपश्चिममा विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने र सार्वजनिक खरीद ऐन विपरीत काम गर्ने तीन निर्माण कम्पनीलाई सार्वजनिक खरीद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । 

सरकारी कार्यालयका ठेक्का अलपत्र पार्ने र सार्वजनिक खरीद नियमावली विपरीत काम गर्ने निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले कालोसूची अवधिभर कुनैपनि सरकारी खरीद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरामा कार्यालय रहेका राष्ट्र निर्माण सेवा कम्पनीलाई पूर्वाधार विकास कार्यालय बैतडीको सिफारिशमा कालोसूचीमा राखिएको हो । सो कम्पनीले सार्वजनिक खरीद ऐन विपरीत ५ ओटा भन्दा बढी ठेक्कामा बीड गरेकाले कालोसूचीमा राख्न सिफारिश गरिएको पूर्वाधार विकास कार्यालय बैतडीका निमित्त प्रमुख जंगबहादुर थापाले बताए । सो कम्पनीलाई ३ बर्षका लागि कालोसूचीमा राखिएको छ ।

यस्तै, कैलालीको गोदावरी नगरपालिकाको सिफारिसमा आकाश एन्ड पवन कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यस्तै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको काम अलपत्र पार्ने गुण निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ । सो कम्पनीलाई एक बर्षका लागि कालोसूचीमा राखिएको हो । 
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update