Sagun Khabar
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली- ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।कैलाली   जिल्लाको टिकापुर नगरपालिका–१ ब्लक नम्बर ७ का तनविर अन्सारीका १८महिनाका छोरा हारिस अन्सारीको सोमबार बिहान मृत्यु भएको हो ।

सोहि ठाउँमा पार्किङ गरिराखेको सु.प.प्र.०१–००२ त ६४८४ नम्बरको ट्याक्टर सडकमा निकाल्न क्रममा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ट्याक्टर चालकलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update