Sagun Khabar
खखडेहरा पर्वको अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिएको छ ।

यसअघि चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी आज फागुन ३० गते नै सार्वजनिक बिदा दिने निर्णय भएको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायले होरी अर्थात् होलीको अन्तिम दिन खखडेहरा पर्व मनाउँछन् ।

राना थारु समुदायमा होरी सबैभन्दा महत्त्वपूर्ण पर्व हो । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि सार्वजनिक बिदा दिन थालेको हो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update