बैतडी- बैतडीको पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । मंगलबारबाट प्रमुख प्रशासकीय अधिकृतमा ओम प्रशाद पाण्डे हाजिर भएका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौँले उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरुलाई पदस्थापन तथा कामकाजमा खटाए बमोजिम उपसचिव पाण्डे पाटनमा हाजिर भएका हुन् । उनलाई रोक्न पाटन नगरपालिका नगरप्रमुख गौरीसिंह रावलले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका थिए ।
नगरपालिकाले मन्त्रालयलाई पत्र पठाउदै यसअघि जिम्मेवारीमा रहेका लक्ष्मीदत्त भट्टलाई नै निरन्तरता दिन भनेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहि फागुन १७ गते पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव ओम प्रसाद पाण्डेयलाई खटाउने निर्णय गरेको थियो ।
नगरपालिकाले चालु आर्थिक बर्षमा सम्पन्न गर्नुपर्ने कामकाज योजना,कार्यक्रम एवं अन्य काममा समेत अनुभव भैसकेकोले पुरानै प्रमुख प्रशासकीय अधिकृत भट्टलाई निरन्तरता दिन भन्दै पत्र पठाए पनि पाण्डे हाजिर भएका हुन् ।





