Sagun Khabar
पञ्चेश्वर- विनायक घाट सडकको  स्तरोन्नति कार्य शुरु 

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाको कार्यालय देखि विनायक घाट सम्मको सडकमा  स्तरोन्नतिको  कार्य  शुभारम्भ भएको छ । गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले  रिवन काटेर  उक्त सडक खण्डको  उद्घाटन गरेका हुन् ।

२ करोड १४ लाखको लगानीमा ठेक्का समझौता भएर आजबाट सडक स्तरोन्नतिको काम शुभारम्भ भएको  गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले  जानकारी  दिए । सडक स्तरोन्नतिको  जिम्मा राजधानी कन्सट्रक्सनले पाएको र असार सम्म काम सम्पन्न गर्ने लक्ष्य रहको पालिका अध्यक्ष चन्दले  बताए ।

विनायक सम्मको  साढे १० किलोमिटर सडकलाई फराकिलो  पार्ने, नाली  निर्माण गर्ने र ग्राभिल गर्ने, ह्युम पाइप निर्माण, लगायतका कार्य हुने  बताइएको छ । सडक  स्तरोन्नति पछि सहज हुने अपेक्षा गरिएको छ । भारतीय सीमा विनायक सम्मको यो सडकखण्डले यहाँका विकासमा टेवा पुग्ने अपेक्षा गरिएको हो । निकट भविष्यमै  सो सडकखण्डलाई  कालोपत्रेका लागि पनि पहल गरिने गाउँपालिकाले  जनाएको  छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update