Sagun Khabar
आईसीसी विश्वकप क्रिकेट लिग –२ मा नेपालको जित

विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा नेपाल विजयी भएको हो ।

जितसँगै नेपालले एक दिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको हो । लिग टू मा नेपालको ४० अङ्क भएको छ र नामिबियालाई पछि पारेर नेपाल तेस्रो नम्बरमा पुगेको हो । 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update