Sagun Khabar
नेपाली क्रिकेट एक तह माथि पुग्यो : क्यान अध्यक्ष चन्द

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग–२ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आज शुक्रवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले यस्तो बताएका हुन् । उनले विश्व कप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह माथि पुगेको रूपमा क्यानले लिएको बताए ।

अध्यक्ष चन्दले क्रिकेट सङ्घले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटरको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको बताए । उनले राज्यले क्रिकेटलाई प्राथमिकतामा मात्रै नभई खेलकुद क्षेत्रकै पहिलो प्राथमिकताका रूपमा क्रिकेटलाई राख्नुपर्ने उल्लेख गरे ।  

Atrya hospital

उनले भने ‘यो विजयबाट नेपाली क्रिकेट एक तह माथि पुगेको भन्ने नेपाल क्रिकेट सङ्घले महसुस गरेको छ । क्रिकेट सङ्घले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटरको भविष्य सुरक्षित हुँदैन, राज्यको यसमा ध्यान जान जरुरी छ ।’

अध्यक्ष चन्दले सरकारले खेलाडीहरूको भविष्य सुनिश्चित गर्नुपर्ने बताए । आउँदा दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न उनले सरकारसँग आग्रह गरे । उनले बिहीवार यूएईसँगको खेलमा कीर्तिपुरमा ३० हजार बढी दर्शकहरू पुगेको बताए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update