Sagun Khabar
सोलार प्यानल जडित नेपाल टेलिकम टावरबाट पुर्चौडीका नागरिक परेसान

बैतडी-बैतडीको पुर्चौडी नगरपालिकाका नागरिकहरु नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा परेसान भएका छन् । टावर आउने जाने समस्याले त्यहाँका नागरिकहरु परेसान भएका हुन् ।

घाम लागेको बेला टावर आउने आकाशमा बादल देखिए टावर अस्ताउने भएपछि  समस्या भएको स्थानीय करन कुवँरले बताए । नेपाल टेलिकमका टावरले काम गर्न छाडेपछि सम्पर्क विहिन हुने गरेका उनले बताए । नगरपालिकाको वडा नं  ५ कुवाकोट र वडा नं ८  मल्लादेहिमा  नेपाल टेलिकमका टावर छन् ।

 कतिबेला टावर आएपनि काम नगर्ने भएपछि उच्च ठाउँहरुमा गएर कुराकानी गर्नेु पर्ने बाध्यता रहेको कुँवरको भनाई छ । टावरको समस्याले सूचना आदान प्रदान गर्न समस्याहुने गरेको स्थानीय बागमती ऐरले बताइन् । नगरपालिकाको  माथिल्लो गाउँहरुमा टावरले काम गरेपनि नगरपालिकाको सदरमुकाममा धेरै समस्याहुने गरेको उनले  बताइन् ।

हाट बजार  लगायतका क्षेत्रमा बसोवास गर्ने  नागरिकहरु  नेपाल टेलिकमको सेवाबाट झन हैरान भएका हुन् । टावरले  काम नगर्दा  सूचना आदान प्रदान गर्न नागरिकहरुलाई समस्या छ । टावरमा आएको खराबीले नागरिकहरु सञ्चार सेवाबाट बञ्चीत भएपनि सम्बन्धित निकायले  यसमा ध्यान दिन नसकेको  नागरिकहरुको  भनाई  छ ।

 सोलार प्यालनलबाट सञ्चालित टावरले  मौसममा खराबी आउँदा काम नगर्ने भएकाले समस्या हुने गरेको  छ । धेरै टावरमा विद्युत आपूर्ति नहुदा पनि समस्या भएको  हो ।  जिल्लाभरी नेपाल टेलिकमका अधिकाँश टावर सोलार प्यानलबाट चार्ज हुने टावर भएकाले  बेला बेला समस्या आइरहन्छ  ।

बिग्रिएपछि  समयमै  मर्मत नहुँदा नागरिकहरु  समस्यामा पर्ने  गरेका छन् ।जिल्लाका अन्य  स्थानीयतहका नागरिकहरु समेत   सोलार प्यानबाट सञ्चालित टावरले  प्रभावकारी काम नगर्दा समस्यामा  छन् ।  

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update