Sagun Khabar
सुदूरपश्चिमका १ हजार ७ जनाको नाम राष्ट्रिय शहीदको सूचीमा 

बैतडी –सुदूरपश्चिमका १ हजार ७ जनाको नाम राष्ट्रिय शहीदको सूचीमा समावेश गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएका शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको हो ।

गएको फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार विभिन्न आन्दोलनमा शाहदात प्राप्त गरेका सुदूरपश्चिमका १ हजार ७ जना राष्ट्रिय शहीदको सूचीमा अटाएका हुन् । 

राजपत्रमा प्रकाशित भएको सूची अनुसार सबैभन्दा बढी कैलालीका २८२ जनाको नाम राष्ट्रिय शहीदको सूचीमा राखिएको छ । यस्तै कञ्चनपुरका १३५, अछामका १४३, बाजुराका १०९  बैतडीका ८३ र डडेल्धुराका ७३ जनाको नाम सूचीमा अटाएको छ । 

यस्तै बझाङका ६९, डोटीका ६३ र दार्चुलाका ५० जना शहीदको नाम राजपत्रमा प्रकाशित गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update