बैतडी शिक्षा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
बैतडी –बैतडी शिक्षा क्याम्पस शाहीलेकमा भोलि हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । विद्यार्थी संगठनहरुबीच सहमति नभएकाले स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको क्याम्पसले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
क्याम्पसको निर्वाचन समितिले पक्षपात गरेको आरोप लगाउँदै बैतडी शिक्षा क्याम्पसमा नेविसंघले शुक्रबार तालाबन्दी गरेको थियो । तालाबन्दी खुलाउने बिषयमा छलफल भएपनि विद्यार्थी संगठनहरुबीच सहमति नभएपछि स्ववियु निर्वाचन स्थगित गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बैतडी शिक्षा क्याम्पसमा १५२ जना विद्यार्थी मतदाता रहेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ १७:५६
प्रतिक्रिया दिनुहोस्





