Sagun Khabar
स्ववियु निर्वाचन :  बैतडीका चार क्याम्पसमा मतदान जारी 

बैतडी –त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बैतडीका चारओटा क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत बिहान ८ बजेदेखि मतदान भइरहेको छ ।  

सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वर, श्रीकोट बहुमुखी क्याम्पस खोचलेक, पुर्चौंडी बहुमुखी क्याम्पस र नवप्रभात संयुक्त क्याम्पस कुलाउमा मतदान भइरहेको हो । 

जिल्लाका दुईओटा क्याम्पसमा भने स्ववियु निर्वाचन स्थगित गरिएको छ । बैतडी शिक्षा क्याम्पस शाहीलेक र सिगास शिक्षा क्याम्पस गाँजरीमा स्ववियु निर्वाचन स्थगित गरिएको हो । विद्यार्थी संगठनहरुबीच विवाद भएपछि स्ववियु निर्वाचन स्थगित गरिएको ती दुई क्याम्पसले जनाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०९:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update