बैतडी – बैतडी सुर्नया स्थित राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा प्रताप महरा चयन भएका छन् । वडा नं ४ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता समेत रहेका महरा आइतबार विव्यस अध्यक्षमा चयन भएका हुन् ।
सुर्नया ४ स्थित राष्ट्रिय मावि फाटिगडामा बसेको अभिभावकको भेलाले प्रवक्ता महरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको बताइएको छ । महराको अध्यक्षतामा नौ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति पुर्नगठन गरीएको विद्यालय परिवारले जनाएको छ ।अध्यक्षमा चयन भएका वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता महराले विद्यालयको सर्वाङ्गिण विकासका लागि पहल गर्ने बताए ।
आफु जनप्रतिनिधिको हैंसियतमा समेत रहेकाले विद्यालयको चौतर्फि विकासमा ध्यान दिने उनको भनाई थियो । कक्षा १२ सम्म पढाइ हुने राष्ट्रिय मावि फाटिगडामा भौतिक विकासका साथै शैक्षिक विकासको खाँचो रहेको शिक्षक प्रकाश भाटले बताए । विद्यालयमा शौचालयको अभाव रहेको र खानेपानीको समेत समस्या भएको उनले बताए ।
यो विद्यालयमा १९ जना शिक्षक कर्मचारी छन भने ४ सय २५ जना विद्यार्थी अध्यानरत रहेका छन् । पालिका सम्म प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको हातमा विद्यालय परेकाले अगामि दिनमा विद्यालयको विकास हुने अपेक्षा गरेका त्यहाँका नागरिकरुहको भनाई छ ।





