Sagun Khabar
सेटीगाउँ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका बोहरा निर्वाचित

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका मोहन बोहरा निर्वाचित भएका छन् । बोहराले १०२ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका मदन नाथले ६२ मत प्राप्त गरे । सो क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए । नेविसंघ एक्लै चुनावी मैदानमा उत्रेको थियो । 

सचिवमा अनेरास्ववियुका रमेश माल ११८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेविसंघकी अम्बिका जोशीले ५० मत ल्याइन् । यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका मनोज जोशीले ९९ मत ल्याएर विजयी भएका छन् भने नेविसंघकी बिमा रावलले ६५ मत ल्याइन् । 

सदस्यहरुमा अनेरास्ववियुका परमेश्वरी जोशी र अर्चना साउँद निर्वाचित भएका छन् भने नेविसंघका गोकर्ण माल पनि सदस्यमा निर्वाचित भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update