Sagun Khabar
बैतडीका यी व्यक्ति जसले द्वन्द्वकालमा मृत्युवरण गरे

बैतडी- द्वन्द्वकालमा मृत्युरण गरेका बैतडीका ८३ जनाको सूची राजपत्रमा प्रकाशित भएको छ । जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आए पनि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन्।

यो संगै  जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन्। राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मान स्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन्। 

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने घोषणा गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको भएको  हो  ।

 मृत्युवरण गरेका व्यक्तिहरुको नाम तल हेर्नुहोस् 

21679286467.jpg31679286468.jpg41679286475.jpg

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update