Sagun Khabar
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका–३ कुडि चोकमा से.२ त १०२० नम्बरको ट्याक्टर आइतबार राति दुर्घटना हुँदा  ट्याक्टरमा सवार भजनी नगरपालिका–१ ठेगरपुरका २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको  हो । 

दुर्घटनामा गम्भीर घाइते उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेका र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update