Sagun Khabar
बैतडी : नेपाली कांग्रेसका डिलाशैनी सभापति जोशीमाथि कुटपीट 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी – नेपाली कांग्रेस डिलाशैनी गाउँपालिका सभापति जयानन्द जोशी (जयराज) माथि कुटपीट भएको छ । आइतबार राति आफ्नै कोठामा खाना पकाइरहेको अवस्थामा गाउँपालिकाका कर्मचारी समेत रहेका विरेन्द्र जोशीसहित ५–६ जनाको समूहले सभापति जोशीमाथि कुटपीट गरेको हो । 

सभापति जोशीमाथि कुटपीट गरेको आरोप लागेका विरेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सभापति जोशीमाथि कुटपीट भएको खबर आएको र दुवै पक्षलाई बोलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । कुटपीटको कारण भने खुल्न सकेको छैन् । 

खाना पकाइरहेको अवस्थामा रातिको समयमा सभापति जोशीको कोठामा पसेर कुटपीट गरेको बताइएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update