Sagun Khabar
कैलालीमा ठगी कार्यमा संलग्न ८ जना पक्राउ 

कैलाली –कैलालीमा ठगी कार्यमा संलग्न रहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुरबाट ग्लोबल ओरियन्स प्रालिको नामबाट ठगी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । ग्लोबल ओरियन्स नेपाल प्रालि शाखा कार्यालय टीकापुरका कर्मचारी भन्दै ठगी कार्यमा संलग्न ८ जना पक्राउ परेका प्रहरीले जनाएको छ । 

फेसबुकबाट चिनजान गरि पुस १५ गते बिभिन्न व्यक्तिबाट ४० हजारदेखि एक लाख २० हजारसम्म नगद संकलन गरेर ठगी गरेको आरोपमा टीकापुर प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–५ का ३३ बर्षीय लालबिर चौधरी, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का २० बर्षीय डेकेन्द्रबहादुर विक रहेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ का १९ बर्षीय रबिन्द्र बोहरा, सोही ठाउँका १८ बर्षीय भरेश शाही, दैलेख दुल्लु नगरपालिका–९ का १९ बर्षीय खगेन्द्र जैशी, आठबिस नगरपालिका–१ का २५ बर्षीय जितेन्द्र बिक पनि पक्राउ परेका छन् । यस्तै सोही ठाउँका २३ बर्षीय दुर्गा बिक र आठबिस नगरपालिका–३ का २० बर्षीय बर्षा बडुवाल रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

स्थानीयहरुले दायर गरेको ठगी मुद्दाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update